FAQs Complain Problems

प्रमुख सूचना::

धनगढी उप-महानगरपालिकामा युरोपियन युनियनद्वारा सञ्चालन भएका विभिन्न कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्न पाल्नुभएका प्रतिनिधीहरुलाई उप-प्रमुख ज्यू्द्वारा स्वागत गर्दै छलफल एवं प्रस्तुतिकरण सम्पन्न भयो । ।

मिति २०७९/११/२९ (13th March, 2023) गतेका दिन यस धनगढी उप-महानगरपालिकामा युरोपियन युनियनद्वारा सञ्चालन भएका विभिन्न कार्यक्रमहरुको अनुगमन तथा मूल्याङ्कन गर्न पाल्नुभएका नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Ms. Nona Deprez, फिनल्याण्डका महामहिम राजदूत Ms. Riina-Riikka Heikka, जर्मनीका महामहिम राजदूत Mr. Thomas Prinz र फ्रान्सका महामहिम राजदूत Mr. Gilles Bourbao लगायत पाल्नुभएका अन्य प्रतिनिधी ज्यूहरुको नगर उप-प्रमुख श्री कन्दकला कुमारी राना ज्यूले स्वागत गर्नु भयो । साथै धनगढी उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्यू लगायत विभिन्न शाखाका प्रमुख ज्हयूरुको उपस्थितीमा उप-महानगरपालिकामा दातृ निकायहरुको सहयोगमा सञ्चालित परियोजनाको बारेमा छलफल तथा प्रस्तुतिकरण समेत सम्पन्न भयो ।