FAQs Complain Problems

प्रमुख सूचना::

सवारी साधनहरुको पार्किंग व्यवस्था गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

यस धनगढी उप-महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्थाहरु, अस्पताल तथा स्वास्थ्य क्लिनिकहरु र हार्डवेयर पसलहरुको अगाडी सडकको दायाँ वायाँ सारै साधनहरुको जथाभावी पार्किंगको कारण आवागमनमा प्रतिकुल असार पर्नुको साथै सवारी दुर्घटना अत्यधिक बढ्न गएकोले त्यस्ता सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु, अस्पताल तथा स्वास्थ्य क्लिनिकहरु र हार्डवेयर पसलहरुले आफ्नो पार्किंगको व्यवस्था आफै मिलाई नगरको ट्राफिक व्यवास्थापनमा सहयोग गरीदिनहुन सम्बन्धित सबैमा धनगढी उप-महानगरपालिका हार्दिक अनुरोध गर्दछ | अन्यथा स्थानीय सरकार संचालन ऐन २०७४, तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा अनुरोध छ | धन्यवाद

Supporting Documents: