FAQs Complain Problems

आर्थिक गणना सम्बन्धी धनगढी उपमहानगरपालिका नगरकार्यपालिकाको कार्यालय धनगढीको अनुरोध

यहि मिति २०७५ साल वैशाख १ गतेदेखि जेष्ठ ३१ गतेसम्म धनगढी उपमहानगरपालिका लगायत कैलाली जिल्लाका स्थानीय तहका प्रत्येक वार्डमा संचालित सवै उद्योग, व्यापार व्यवसाय, शैक्षिक प्रतिष्ठान, स्वास्थ्य संस्था, वित्तीय संस्था लगायत अन्य  विभिन्न प्रकारका संघसंस्था तथा आर्थिक एकाइ(प्रतिष्ठान)हरुमा गणकहरु आउँदै छन् । आफ्नो प्रतिष्ठानका क्रियाकलाप सम्बन्धी सही विवरण गणकलाई वा अनलाइन (ecensus.cbs.gov.np) मार्फत् उपलव्ध गराई प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सफल पारौँ । तपाँइहरूले दिनुभएको विवरणहरु तथ्याङ्क ऐन अनुसार गोप्य रहने छन् ।

आर्थिक गणनामा कोही नछुटौँ , कोही नदोहोरियौ ।